चन्द्रागिरिमा महोत्सव सुरु

काठमाडौं । चन्द्रागिरिमा प्रथम वनदेवी, चन्द्रागिरि सांस्कृतिक व्यापार पर्यटन महोत्सव २०८१ सुरु भइरहेको छ ।
वनदेवी सामुदायिक भवन संरक्षण समितिको आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.को व्यवस्थापनमा हुन गइरहेको महोत्सव जेठ १४ देखि २७ गतेसम्म आयोजना हुँनेछ ।


चन्द्रागिरि पर्वत श्रृंखलाको काखमा अवस्थित चन्द्रागिरि नगरपालिका ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय नगरीका साथै काठमाडौं प्रवेश गर्ने मुख्य प्रवेशद्धार तथा चन्द्रागिरि पर्वतको फेदिमा अवस्थित घुमाउनेमा महोत्सव सुरु भइरहेको छ ।
महोत्सवमा दैनिक जिवनमा प्रयोगमा आउने उपभोग्य सामाग्रीहरु, खानको परिकार, हस्तकलाका सामान, चित्रकला, वास्तुकलाका सामाग्रीहरुका साथै कृषिजन्य उत्पादनहरु तथा कृषि औजारका सामाग्रीहरुको प्रदर्शनी तथा बिक्री गरिने छ । त्यस्तै सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको बिक्रीवितरण तथा प्रदर्शनमा राखिएको छ ।
महोरञ्जनका लागि महोत्सवमा बाल उद्यान, रोटे पिंग, ड्र्ईगन, कोलोम्बस, बालबालिकाका खेलौना आदि राखिएका छन् ।
त्यस्तै, दैनिकरुपमा राष्ट्र्यि तथा स्थानीय कलाकारहरुको हास्यव्यग्य, नृत्य, गीत गायनको बेजोड प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाइएको छ ।

महोत्सवलाई व्यवस्थित गर्नको लागि ११ जना सञ्चालक समितिको साथसाथै ३१ जना मुल समारोह समितिको व्यवस्था गरिएको छ । त्यसका साथै व्यापक रुपमा स्वयम् सेवकहरु खटाइएको छ ।

Scroll to Top