चन्द्रागिरिमा राष्ट्रिय स्तरको कराँते प्रतियोगिता हुँदै

काठमाडौं । नेपाल सितोरियो कराँते डो संघ सतुंगल डोजो काठमाडौं र गणेशमान सिंह फाउण्डेशनको आयोजनामा राष्ट्रिय स्तरको कराँते प्रतियोगिता आयोजना हुँदैछ ।
गणेशमान सिंह स्मृति फाउण्डेशन चाम्पियन अफ चाम्पियन कराँते यही चैत २३ देखि २५ गतेसम्म आयोजना हुने नेपाल सितोरियो कराँते डो संघ सतुंगल डोजोका सचिव राजेन्द्र महर्जनले बताए ।
चन्द्रागिरि नगरको सतुंगलस्थित लाछीमा आयोजना हुने कराँते खेलकुद कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ ।

Scroll to Top