चन्द्रागिरिमा वडास्तरीय चित्रकला प्रतियोगिता समापन

काठमाडौं ।
चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा वडास्तरीय चित्रकला प्रतियोगिता आज विष्णुदेवी माविमा समापन भएको छ ।
प्रतियोगिता चन्द्रागिरि १५ मा रहेको वडा अध्यक्ष शैक्षिक विकास कोषद्धारा आयोजना भएको थियो ।
चित्रकला प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाभित्र रहेका २२ विद्यालयबाट १ सय जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा समुह (क) मा ४७ जना, समुह (ख) मा ४० र समुह (ग) मा १३ गरी १ सयजना विद्यार्थीको सहभागी रहेको आयोजकले जानकारी दिए ।
चित्रकला प्रतियोगितामा हरेक समुहमा प्रथम हुनेलाई २ हजार, दोस्रो हुनेलाई १५ सय र तेस्रो हुनेलाई १ हजार नगर र प्रमाणपत्र प्रदान गरिनेछ ।
चन्द्रागिरि नगरपालिका भित्र रहेका विद्यार्थीहरुको पढाईका साथै अन्य क्रियाकलापको पनि विकास होस् भन्ने उद्देश्यले बेलाबेलामा चन्द्रागिरि १५ मा रहेको शैक्षिक विकास कोषले आयोजना गर्दै आएको कोषका अध्यक्ष मोहन हरि आचार्यले बताए ।

त्यस्तै चन्द्रागिरि नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुन गइरहेको छ । वक्तृत्वकलाको विषय ‘विद्यार्थीले बुझेको नेपाली समाज र भविष्य’ विषयमा वक्तृत्व दिनुपर्ने छ ।
चन्द्रागिरि नगरभित्रको कक्षा ८ देखि १० सम्मका नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत हुनुपर्ने छ । फागुन १२ गते शनिबार बिहान ११ बजेदेखि सुरु हुने वक्तृत्वकला प्रतियोगिता मुनाल क्लबको प्रांगणमा आयोजना हुनेछ ।


७ मिनेटको समय दिइएको सो प्रतियोगितामा प्रमुख अतिथिको रुपमा चन्द्रागिरि ७ निवासी शिक्षाविद् तथा समाजसेवी सुरेन्द्र खड्काको प्रमुख अतिथिमा आयोजना हुने शैक्षिक विकास कोषका अध्यक्ष मोहन हरि आचार्यले जानकारी दिए ।
प्रतियोगितामा भाग लिनको लागि इच्छुक विद्यार्थीहरुले आफू अध्ययन गरिरहेको विद्यालयबाट निर्धारित ढाँचाको फारम भरी विद्यालयबाट प्रमाणित गराई तिनथाना खानेपानी कार्यालयमा निर्धारित समयमा बुझाउनुपर्ने छ ।
प्रतियोगितामा प्रथम हुने विद्यार्थीहरुले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुने विद्यार्थीले ५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै सान्त्वना पुरस्कार दुई जना विद्यार्थीहरुलाई १५–१५ सय र प्रमाणपत्र वितरण गरिने शैक्षिक विकास कोषका सचिव लालबहादुर जिसिले बताए ।
पुरस्कार तथा समापन कार्यक्रम यही फागुन १२ गते विशेष समारोहकाबीच हुने आयोजकले जानकारी दिए ।

Scroll to Top