चन्द्रागिरिमा ‘सम्पदा पदयात्रा २०८१’ भव्यताका साथ सम्पन्न

काठमाडौं । आज वैशाख २२ गते चन्द्रागिरिमा ‘सम्पदा पदयात्रा २०८१’ आयोजना सम्पन्न भएको छ ।
चन्द्रागिरि हाइकर्स कमिटीको आयोजनामा भएको सम्पदा पदयात्रा २०८१ चन्द्रागिरि नगरपालिकाबाट सुरु भई चन्द्रागिरि नगरको १५ वटै वडामा भएका धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थानहरुमा पुगेको थियो ।
सम्पदा पदयात्रा २०८१ आज बिहान चन्द्रागिरि नगरपालिकाको पाङ्गणमा भेला भई बिहान ६ बजेदेखि सुरु भएको थियो ।
आज भएको सम्पदा पदयात्रामा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी, उपमेयर, बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्की, १० नं. वडाका वडाअध्यक्ष शिवकुमार महर्जनलगायतका विभिन्न वडाका वडाअध्यक्षहरु, जनप्रतिनिधिहरु, विभिन्न स्कुलका विद्यार्थीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, प्रहरीहरुका साथै अन्य स्थानीयहरुको ठूलो सहभागिता रहेको थियो ।
२२ किलोमिटर, ५ घण्टामा पुरा गर्ने लक्ष्यका साथ आयोजित पदयात्राको क्रममा विभिन्न ठाउँमा स्थानीयवासीहरुले पदयात्रीलाई स्वागत गर्नुका साथै खाजा, पानीको व्यवस्था गरेका थिए ।
आज विहान ६ बजेदेखि सुरु भएको सम्पदा पदयात्रा २०८१ दिउँसो नैकापको फुटबल ग्राउण्डमा गएर समापन भएको थियो । समापनमा सम्पूर्ण सहभागीहरुलाई खानाको व्यवस्था गरिएको थियो ।
आज भएको सम्पदा पदयात्रामा चन्द्रागिरि नगरवासीहरुको उपस्थिति देखेर आफू ज्यादै हर्षित भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न आफूलाई ऊर्जा प्राप्त भएको हाइकर्स कमिटी अध्यक्ष प्रशन्न गोपालीले बताए ।

Scroll to Top