चन्द्रागिरिमा सवारी साधनको वायुगुणस्तर चेकजाँच गर्ने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सवारी साधनको वायुगुणस्तर चेकजाँच गर्ने भएको छ ।
चन्द्रागिरि नगरपालिकाको आयोजना तथा यूएसआइडी स्वच्छ हावा कार्यक्रम, सवारी परीक्षण कार्यालय टेकु र सुरक्षा निकायको सहकार्यमा जेठ १६ र १७ गते वायुगुणस्तर चेकजाँच कार्यक्रम आयोजना हुन लागेको हो ।
चन्द्रागिरि नगरपालिकास्थित त्रिभुवन पार्कको पार्किंगस्थलमा बिहान १० बजेदेखि ४ बजेसम्म आयोजना हुने चन्द्रागिरि नगरपालिका वातावरण शाखाले जनाएको छ ।
सार्वजनिक तथा निजी सवारी धनीहरुले समयमै आफ्नो सवारी साधनको परीक्षण गर्न पनि चन्द्रागिरि नगरले सबैलाई अनुरोध गरेको छ ।

Scroll to Top