चन्द्रागिरिमा सांस्कृतिक तथा सम्मान कार्यक्रमको आयोजना हुँदै

काठमाडौं । चन्द्रागिरिमा रहेको नवरस संगीत पाठशालाले सांस्कृतिक कार्यक्रम र सम्मान कार्यक्रम आयोजना गर्दै छ ।
चन्द्रागिरि नगरपालिका भित्र संगीत अन्तर्गत गायन, वादन र नृत्य प्रशिक्षण गर्दै आइरहेका संघसंस्थाहरुलाई समेटेर संगीतको विकास, भौतिक सांस्कृतिक र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको नवरस संगीत पाठशालाका रवि राना मगरले शोणितपुर खबरलाई जानकारी गराए ।
यही जेठ २६ गते बिहान ९ बजेबाट सतुंगल पार्टी प्यालेसमा आयोजना हुन गइरहेको सांस्कृतिक तथा सम्मान कार्यक्रममा चन्द्रागिरिभित्र बसेर संगीतलाई योगदान गर्ने संघसंस्थालाई सम्मान दिन लागेको छ ।


प्रमुख अतिथि बागमती प्रदेश, खेलकुद मन्त्री रमा आले मगरको उपस्थितिमा हुने सो कार्यक्रममा, बिन्दु श्रेष्ठ, नगरप्रमुख घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, सदस्य सचिव नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुश्मा महरा, समाजसेवी सानुकाजी खड्की, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष योगेन्द्र कुँवर, ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष बिनोद श्रेष्ठ, मानव अधिकारकर्मी सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानको उपस्थिति रहेन छ ।
त्यस्तै रक्षा नेपालका अध्यक्ष मेनुका थापा, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठ, निर्माता निर्देशक एवं कलाकार शोभित बस्नेत, सामाजिक अभियन्ता धर्मानन्द श्रेष्ठको उपस्थितिमा सांस्कृतिक तथा सम्मान कार्यक्रम आयोजना हुन लागेको नवरस संगीत पाठशालाका अध्यक्ष राणाले बताए ।

Scroll to Top