चन्द्रागिरिमा हिउँ पर्न सुरु

काठमाडौं ।
काठमाडौं उपत्यकाको चन्द्रागिरि डाँडामा यो वर्षकै पहिलो पटक हिउँ पर्न सुरु भएको छ ।

आज काठमाडौं उपत्यकामा हल्का मौसम बदली भएसँगै चन्द्रागिरि डाँडामा हिउँ पर्न सुरु भएको चन्द्रागिरि हिल्सका कर्मचारी रामप्रसाद खनालले जानकारी दिए ।

समुन्द्र सतहबाट लगभग २५ सय मिटर माथिको उचाईमा रहेको भालेश्वर मन्दिर पनि यसै स्थानमा रहेको छ ।

बर्सेनि हिउँ हेर्न /खेल्न रुचाउनेहरुका लागि उपत्यकाको सबैभन्दा नजिकको गन्तव्य चन्द्रागिरि हिल्स र चन्द्रागिरि डाँडा पहिलो छनौटमा पर्नेगर्छ ।

प्राकृतिक रुपले “स्वर्गको टुक्रा” भन्न मिल्ने चन्द्रागिरि डाँडामा दुई वर्षपछि यस वर्ष हिउँ पर्न थालेको हो !

Scroll to Top