चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाइ ब्यबस्थापन नियमावली २०८० प्रकाशित

नयाँ धारा जडान गर्दा जडान वापत १० हजार रुपैयाँ शुल्क लाग्ने

चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाइ ब्यबस्थापन नियमावली २०८० प्रकाशित गरेको छ ।

नियमावली अनुसार उपभोक्ताले अब न्यूनतम ५० रुपैयाँ मासिक महसुल तिरेर पानी उपभोग गर्न पाउने छन् । नियमावलीमा १ युनिटदेखि ८ युनिटसम्मको ५० रुपैयाँ, ९ देखि १५ युनिटसम्मको थप २० रुपैयाँ र १६ देखि २५ युनिटसम्मको थप ३० रुपैयाँ, २६ देखि ३५ युनिटसम्मको थप ५० रुपैयाँ र ३६ युनिटभन्दा माथि खानेपानी खपतवापत प्रतियुनिट थप ८० रुपैयाँ निर्धारण गरेको छ ।

नयाँ धारा जडान गर्दा जडान वापत १० हजार रुपैयाँ शुल्क लाग्नेछ भने धारा नामसारी गर्दा ५ हजार रुपैयाँ लाग्ने नियमावलीमा उल्लेख गरिएको छ । औद्योगिक तथा संस्थागत धारा जडानमा भने २५ हजार जडान शुल्क लाग्नेछ । नियमावलीमा ८ परिच्छेद र १२ अनुसूची समावेश गरिएको छ । मुहानको व्यवस्थापन, समिति तथा उपसमिति गठन, कर्मचारी व्यवस्थापन, खानेपानीको महशुल सम्बन्धी व्यवस्था, मापदण्ड तथा गुणस्तर व्यवस्थापन, निजी मुहान तथा निजी व्यवसायको व्यवस्थापन र कोषको सञ्चालन र खर्च सम्बन्धी व्यवस्था परिच्छेदमा उल्लेख गरिएको छ ।

Scroll to Top