चन्द्रागिरि–चित्लाङको बाटो धुलाम्मे, आवतजावत गर्न कठिन

थानकोट ।
चन्द्रागिरि, चित्लाङ हुँदै हेटौंडा जाने बाटोमा अहिले गाडीको भिड लाग्ने गरेको देखिन्छ ।
हेटौँडाबाट काठमाण्डौ जोड्ने छोटो दूरीको सडक खण्ड भीमफेदी–दक्षिणकाली खण्ड बन्द छ ।
त्यस्तै, काठमाडौंबाट हेटौंडा जाने सबैभन्दा छोटो बाटो चन्द्रागिरिको मातातिर्थ हुँदै फाखेल, कुलेखानी हुँदै हेटौंडा जाने सडक पनि २ महिनाको लागि बन्द गरिएको छ ।
त्यसैकारणले गर्दा पनि आजकाल कलंकी, थानकोट चन्द्रागिरि हुँदै चित्लांगको बाटोमा मोटरसाइकल, बस, सुमोको ताती देखिन्छ ।
अहिले दिनदिनै गाडीहरुको आवत जावतले गर्दा बाटोमा धुरो उढेर घरमा बस्ने नसक्ने अवस्था भएको स्थानीय बताउँछन् । बाटो कच्ची भएको र गाडीहरु धेरे गुडेका कारण अहिले चन्द्रागिरि डाँडा हुँदै चित्लांगसम्म पुग्न पनि मुस्किल भएको स्थानीय बताउँछन् ।
अहिले कुलेखानी–चित्लाङ–चन्द्रागिरिबाट काठमाण्डौं सडक र कान्तिलोकपथ खुला छ ।

Scroll to Top