चन्द्रागिरि चित्लाङ खण्डमा बिनियोजित १५ करोड रुपैयाँ खोइ ?

थानकोट ।
थानकोट चित्लाङ सडक स्तरोन्नतिको लागि अर्थमन्त्रालयबाट छुट्टाइएको १५ करोड रकम खोई ? कसले फिर्ता लग्यो ? जसले फिर्ता लग्यो त्यसले अहिले भइरहेको थानकोट चित्लाङ सडक खण्डमा भइरहेको दुर्घटनाको जिम्मा लिनुपर्छ ।
तत्कालिन अर्थमन्त्रि जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरि चित्लाङ खण्डमा हालेको १५ करोड रुपैयाँ बिनियोजन गरेका थिए । तर पछि फिर्ता लगियो । किन लगियो ? कुन स्वार्थको लागि लगियो ? यसको जवाफ चन्द्रागिरि र चित्लाङका स्थानीय जनताहरु खोजिरहेका छन् ।
१५ करोड रुपैयाँले कमसेकम अहिले भइरहेको दुर्घटनास्थलमा सडक चौडा गर्ने र ढलान गर्ने कार्य गर्न पाएको भए विना कारण जनता दुर्घटनामा परी मृत्युवरण त गर्नुपर्ने थिएन । अझै पनि सरकारको आँखा नखुले कहिले खुल्ले ?
अझ सकिन्छ भने थानकोट चित्लाङ जोड्न सुरुगमार्गको निर्माण गर्न रकम विनियोजित गरियोस् ।

Scroll to Top