चन्द्रागिरि डाडाँमा नेकपा एमालेको पदयात्रा

काठमाडौं : नेकपा एमाले काठमाडौं क्षेत्र नं. १० को आयोजनामा यही पुस १४ गते शनिबार पदयात्रा आयोजना गर्दैछ ।
समृद्ध नेपाल, सुखी नेपाली भन्ने नेकपा एमालेको राष्ट्रिय नारालाई साकार पार्न आयोजना गरिएको पदयात्रा काठमाडौं निर्वाचन क्षेत्र १० अन्तर्गत चन्द्रागिरि डाडाँमा पर्ने चम्पादेवी, देउराली, भालेश्वर पर्वतीय श्रृंखलाहरुमा भएको जैविक विविधता, जडीबुढी, बनस्पती, पुतली, चराचुरुंगी, पन्छीलगायत अन्य प्राकृतिक स्रोत साधनहरुको पहिचान, संरक्षण र सम्बद्र्धनको अध्ययन, अवलोकन गर्ने पदयात्राको मुख्य योजना रहेको आयोजकले जानकारी दिए ।


नेकपा एमाले पोलिटव्युरो सदस्य तथा काठमाण्डौं इन्चार्ज आनन्द प्रसाद पोखरेलको अगुवाईमा हुने पैदलयात्रा कार्यक्रममा पुस १४ गते बिहान ७ बजेदेखि दक्षिणकाली नगरपालिकाको चाल्नाखेल बोसनबाट सुरु हुने नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष राजु श्रेष्ठले शोणितपुरलाई जानकारी दिए ।

नेकपा एमालेका कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थिति हुने सो पदयात्रा २० किलोमिटर जति हुने र चम्पादेवी, भालेश्वर मन्दिरसहित प्राचिन मन्दिरहरुको अवलोकन र दर्शन हुने, पुरानो रोप वे तथा नयाँ केबलकार प्रविधिहरुको प्रत्यक्ष जानकारी लिनको लागि यो पदयात्रा फलदायी हुने समेत श्रेष्ठले जानकारी दिए ।

Scroll to Top