चन्द्रागिरि डिजिटल प्रिन्टको शाखा थानकोटमा

काठमाडाैं ।

चन्द्रागिरि डिजिटल प्रिन्टको शाखा थानकोटमा संचालनमा आएको छ ।
बुधबार औपचारिक शुभारम्भ चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले गर्नु भयो ।
प्रिन्ट, फोटो, फ्रेम, डिजिटल सेवा सुविधा, अनलाईन फर्म लगायतका सेवा दिँदै आएको चन्द्रागिरि डिजिटल प्रिन्टको थानकोट पहिलो आउटलेट हो ।
सर्वसाधारणलाई सहुलियत मुल्यमा आधुनिक प्रिन्ट सहितको विविध सुविधा ल्याएको संचालक कृष्ण पराजुलीले बताए ।


उच्चस्तरीय प्रिन्ट, ब्यानर, साइनबोर्ड, क्यानभास लगायतको कार्यको लागि लामो समय लगाएर अन्यत्र जानु नपर्ने गरी डिजिटल प्रिन्ट आएको स्थानीय राम श्रेष्ठले बताए ।
आधुनिक समाजमा सूचना तथा प्रविधिमा आएको परिवर्तनसंगै आफ्ना ग्राहकलाई सेवा सुविधा पुर्याउने थानकोट शाखा प्रमखु सुरेश महर्जनले जानकारी दिए ।

Scroll to Top