चन्द्रागिरि नगरपालिकाको फूटबल टिमको विजयी शुरुआत

काठमाडौं । गोदावरी नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको प्रथम उपत्यका व्यापी अन्तर पालिका खुल्ला मेयर कप फूटबल प्रतियोगिता २०८१ सुरु भएको छ ।
आज भएको खेलमा चन्द्रागिरि नगरपालिकाले बागमती गाउँपालिकालाई १०–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।


गोदावरी–१० टाहाखेल, झ्यालुन्टारको खेल मैदानमा संचालन भइरहेको उक्त प्रतियोगितामा काठमाडौंबाट ९ टिम, ललितपुरबाट ५ टिम, भक्तपुरबाट १ गरी १५ टिमको सहभागिता रहेको छ ।
चन्द्रागिरि नगरपालिकाले शुक्रबार २१ गते दिनको १२ः३० बजे क्वाटर फाइनलमा नागार्जुन नगरपालिकासँग खेल्ने छ ।

आजै भएको अर्को खेलमा नागार्जुनले कोन्ज्योस्योम गाउँपालिकामाथि ३-० को सहज जित दर्ता गरेको छ । 

प्रतियोगिताको विजेताले नगद ५ लाख रूपैयाँ र दोश्रो स्थान टोलीले ३ लाख रूपैयाँ नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधाका विजेताले २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Scroll to Top