“चन्द्रागिरि नगरपालिकाको नगर प्रहरी छनौट प्रकृया सम्पन्न; दशैं लगत्तै नियुक्ति दिने

चन्द्रागिरि नगरपालिकाको नगर प्रहरी छनौट प्रकृया सम्पन्न भएको छ। प्रारम्भिक स्वास्थ्य परिक्षण, शारीरिक तन्दुरुस्ती मूल्याकंन परिक्षा, लिखित परिक्षा, बिस्तृत स्वास्थ्य परिक्षण र अन्तर्वार्ता गरि ५ चरणमा छनौट प्रकृया संचालन भएको थियो।

सम्पूर्ण परिक्षा सफलता पुर्बक पार गरि नगर प्रहरी सहायक निरीक्षक एक जना, नगर प्रहरी जवान खुल्ला तर्फ १५ जना र नगर प्रहरी जवान महिला तर्फ ८ जना गरि २४ जना उम्मेदवार छनौट हुनुभएको छ। सम्पूर्ण प्रकृयामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंका प्रतिनिधिज्युहरु तथा महानगरीय प्रहरी वृत थानकोटका प्रतिनिधिज्युहरुको प्रत्यक्ष निगरानी रहेको थियो। सफल उम्मेदवारहरुलाई दशैं लगत्तै नियुक्ति दिने र प्रशिक्षण प्रदान गरिने छ।

Scroll to Top