चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैंक’ को शुभारम्भ

काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैंक’ को शुभारम्भ गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’ बैंक स्थापना गरिएको हो । प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोकामा रहेको ‘कपडा बैंक’ लगेर जम्मा गर्न सकिनेछ ।

यस्ता संकलित कपडा र झोलालाई ‘क्लोथ एन्ड फुड’ बैंकले ‘रिसाइकल’ (पुन चक्रण) गर्नेछ । रिसाइकल गरिएका कपडा एवं झोलालाई आकर्षक ‘प्याकेज’ गरी बैंकले आफ्ना ‘शो रुम’ राख्नेछ । आवश्यक पर्ने जो कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्नेछन् ।
साथै बैंकले विपन्न तथा गरिबलाई वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुआत समेत गरिसकेको जनाइएको छ । काठमाडौँ उपत्यकाभित्र ‘कपडा बैंक’सञ्चालन गर्ने चन्द्रागिरि दोस्रो नगरपालिका हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र अभिनेता राजेश हमालले आज आयोजित कार्यक्रममा कपडा बैंकको शुभारम्भ भएको थियो

बैंकले विपन्न तथा गरिबलाई वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुआत समेत गरिसकेको जनाइएको छ । काठमाडौँ उपत्यकाभित्र ‘कपडा बैंक’सञ्चालन गर्ने चन्द्रागिरि दोस्रो नगरपालिका हो ।

सो अवसरमा नगरप्रमुख गिरिले कपडा बैंकलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिँदै बैंकका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए। चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता खड्गी भौतिक पूर्वाधारको विकासका साथसाथमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र सरसफाइमा उच्च प्राथमिता दिँदै आएको र कपडा बैंकलाई अगामी दिनमा सहयोग गरिने बताए ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले बैंकमा पैसामा जम्मा गरेजस्तै कपडा बैंकमा पनि कपडा जम्मा गर्न नगरवासीलाई व्यापक जनचेतना जगाउन आवश्यक रहेको बताए ।
अभिनेता हमालले कपडा बैंकका साथसाथमा खाद्यान्न बैंक स्थापनाको तयारी गरिएको जानकारी दिँदै कपडा बैंकबाट विपन्न समुदायलाई बढी फाइदा हुने बताए । ‘क्लोथ एन्ड फुड’का अध्यक्ष कमल जिसीले प्रयोगमा नआएका कपडा संकलन गरेर ‘रिसाइकल’ गरी विपन्न मानिसमाझ पुर्‍याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताए ।

Scroll to Top