चन्द्रागिरि नगरपालिकामा घर नक्सा पास अनलाइनबाट सुरु

काठमाडौं : चन्द्रागिरि नगरपालिकाले घर नक्सा पास सम्बन्धी सम्पूर्ण प्रक्रिया अनलाइनबाट सुरु गरेको छ । चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले पहिलोपटक विद्युतीय हस्ताक्षरसहितको भवन निर्माण सम्पन्न प्र्रमाण पत्र प्रदान गर्दै उक्त प्रणालीको सुरुवात गरेका थिए ।
अनलाइन घर नक्सा पास व्यवस्थापन प्रणाली (इविपिएस) अनुसार उक्त सेवा सुरु भएसँगै अब सेवाग्राहीले अनलाइनबाटै घर नक्सा पासको निवेदन दिन सक्नेछन् । यो प्रणाली सुरु भएसँगै अब सेवाग्राहीहरु फाइल बोकेर वडा र पालिका धाउनु पर्ने बाध्यता हट्नुका साथै नक्सा पास छिटो छरितो हुनुका साथै पारदर्शी सेवा प्राप्त हुनेमा नगर प्रमुख गिरी विश्वस्थ छन् ।
अब घटना दर्तालगायत अन्य सेवा पनि अनलाइन प्रणाली मार्फत् नै हुने र बिस्तारै नगरपालिकाको सम्पूर्ण सेवा अनलाइन मार्फत् प्रदान गरी नगरपालिकालाई पूर्णरूपमा डिजिटल प्रविधिमा लाने योजना रहेको नगर प्रमुख गिरीले बताए ।

Scroll to Top