चन्द्रागिरि नगरपालिकामा कार्यरत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।
चन्द्रागिरिमा कार्यरत असिष्टेन्ट सव इन्जिनियर विजया लक्ष्मी पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा हालेको छ ।
चन्द्रागिरी नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर विजया लक्ष्मी पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग २५,०००।– (पच्चीस हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी गराए ।

Scroll to Top