चन्द्रागिरि नगरपालिकामा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

स्थानीयवासीको प्रश्नमा नगरप्रमुख धनश्याम गिरिबाट जवाफ

काठमाडौं ।
आज चन्द्रागिरि नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।

नगर प्रमुख घनश्याम गिरिको सभाध्यक्षतामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम चन्द्रागिरि नगरपालिकाको आ. व. ०८०/०८१ को प्रथम चौमासिक कार्यहरु तथा सेवा सुबिधाको प्रभावकारीता बिषयक कार्यक्रम ट्रान्सपरेन्सी इन्टरनेशनलको सहकार्यमा आयोजना भएको थियो ।

नगरपालिकाको प्रांगणमा आयोजना भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाको नगर सभाबाट आ.ब. २०८०।०८१ का लागि पारित २ अर्ब ४४ करोड ३७ लाख बजेटमध्ये प्रथम चौमासिकमा ९५ करोड १६ लाख ५२ हजार आम्दानी गरेको जनाएका छन् जसमा १२ करोड आन्तरिक करोड आन्तरिक आम्दानी भएको र ४१ करोड ९२ लाख ५ हजार खर्च भएको जानकारी दिए ।

नगरपालिकाले यो चौमासिकमा खेलकुद क्षेत्रमा विविध कार्य सम्पन्न गरेको बताए । अन्तर नगरपालिका क्रस कन्ट्रि दौड, नैकाप र मातातीर्थ गोल्डकपको आयोजना, सफलतापूर्वक सम्पन्न गरेको बताए । ५ हजार १ सय २६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, २४ नगर प्रहरी छनोट गरिसकेको र छिट्टै कार्यक्षेत्रमा पठाइने जानकारी दिए । नगरले यो चौमासिकमा सडक बत्ती जडान, सिसिटिभि जडान र फ्रि वाइफाइ जडान गरेको पनि जानकारी दिए ।

सामुदायिक बिद्यालयका प्रश्नपत्र तयारी अनुसारको परिक्षा सञ्चालन, जेष्ठ नागरिकलाइ औषधी वितरण स्वास्थ्य शिविर सञ्चालनलगायतका कार्य सम्पादन गरिएको जानकारी दिए ।
सार्वजनिक सुनुवाइमा नगर प्रमुख घनश्याम गिरी, उप प्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवत्ता कृष्णप्रसाद खड्गी, वडा अध्यक्षहरु, सरोकारवाला निकाय, संघसंस्थाका प्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

हामी नगरपालिकाले कुनै पनि काम गर्दा कानुन त कार्यविधि, नियमावली, निर्देशिका बनाएर मात्र काम गरेको र आगामी दिनमा पनि कार्यविधि, नियमावली, निर्देशिका बनाएर मात्र थप काम गर्ने नगर प्रमुख धनश्याम गिरिले सुनुवाई कार्यक्रममा बताए ।

उज्यालो चन्द्रागिरि कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगरपालिका भित्र रहेका हरेक पोलहरुमा करिब करिब सडक बत्ती जडान गरिसकिएको र अहिले पनि करिब २ करोड रकम बराबरको सडक बत्ती जडान गर्ने कार्यक्रम रहेको नगर प्रमुख गिरिले जानकारी गराए ।

आर्थिक मन्दीलाई हेरेर र नगरबासीलाई रोजगारीका सिर्जना होस् भनेर नै चन्द्रागिरि नगरपालिकाले विभिन्न ठाउँ ठाउँमा सहरी हाट बजार सञ्चालन गरेको र सहुलीयत दरमा ऋणको व्यवस्था गरेको पनि गिरिले बताए ।

चन्द्रागिरि नगरपालिकामा आयुर्वेदिक हस्पिटल पनि सुरु भइसकेको र आगामी दिनमा जटीबुट्टी उत्पादन गर्न पनि बजेट बिनियोजन गरिसकेको नगर प्रमुखले बताए ।

Scroll to Top