चन्द्रागिरि नगरपालिकाले परिक्षणको लागि माटोको नमुना संकलन गर्ने

चन्द्रागिरि नगरपालिकाले परिक्षणको लागि माटोको नमुना संकलन गर्ने भएको छ ।

चन्द्रागिरि नगरको तरकारी खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत माटोमा रहेका विरुवाको खाद्यतत्व पहिचान, सम्बद्ध समस्याहरुको समाधान, प्रांगरिक श्रोतको प्रवद्र्धन गरी माटोको उर्वराशक्ति व्यवस्थापन, विरुवाको विकास र बृद्धिमा सुधार ल्याई कृषि उत्पादकत्वमा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम गर्न लागेको चन्द्रागिरि कृषि विकास शाखाका शुभाष भण्डारीले जानकारी दिए ।

माटो परिक्षण गर्न नगरभित्रका सम्पूर्ण कृषकहरुले आफ्नो खेत बारीको माटोको नमुना संकलन गरी २०८० पुस १ गतेदेखि १५ दिनभित्र नगरपालिकाको कृषि विकास शाखामा बुझाउन पनि अनुरोध गरिएको छ । यसको साथै माटो परिक्षणको रिपोर्टको आधारमा निःशुल्क कृषि चुन वितरण गर्ने कार्यक्रम रहेको समेत जानकारी दिए ।
माटोको नमुना संकलन गर्न माटो नभिजेको, धुलो बुर्बुराउँदो खालको कम्तिमा आधा केजी हुनुपर्ने छ । नमुना संकलन गर्ने विधि यसैसाथ संलगन गरिएको छ ।

Scroll to Top