चन्द्रागिरि नगरपालिकाले विद्युतीय सवारी साधनको लागि चार्जिंग स्टेशनको निर्माण गर्ने

काठमाडौं ।
चन्द्रागिरि नगरपालिकामा सार्वजनिक तथा निजि विद्युतिय सवारी साधनको लागि चार्जिंग स्टेशनको निर्माण हुने भएको छ ।
साझा यातायात र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा पहिलो चरणमा नागढुङ्गा र थानकोट गरी दुई स्थानमा चार्जिंग स्टेशनको निर्माण गर्न प्रारम्भिक सर्वेक्षण तथा नेपाल विद्युत प्राधिकरणसँगको समन्वय गर्ने कार्य अघि बढेको छ ।
बुधबार नगर प्रमुख घनश्याम गिरी तथा साझा यातायातका अध्यक्ष कनक मणि दीक्षित र महाप्रबन्धक महेन्द्र राज पाण्डेयसहितको टोलीद्वारा स्थलगत निरीक्षण कार्य सम्पन्न भएको छ ।
छोटो दुरीको सार्वजनिक यातायात तथा नीजि सवारी साधनले उक्त चार्जिंग स्टेशनबाट सेवा लिन सक्ने नगर प्रमुख गिरीले जानकारी गराए ।
नेपाल विद्युत प्राधिकरणले आवश्यक ट्रान्सर्फमर जडान गरे लगत्तै निर्माण कार्य शुरु हुने कुरा साझा यातायातका अध्यक्ष कनक मणि दीक्षितले बताए ।

Scroll to Top