चन्द्रागिरि नगरपालिकाले माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने

थानकोट ।
चन्द्रागिरि नगरपालिकाले माघ २ गते भूकम्पीय सुरक्षा -याली गर्ने भएको छ ।
पुस २२ गते उपप्रधानमन्त्री तथा गृहमन्त्रीको अध्यक्षतामा बसेको २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले सो निर्णय गरेको हो ।
चन्द्रागिरि नगरपालिका वडा नं. १४, नैकाप फुटबल मैदानमा माघ २ गते हुने कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको अध्यक्षता तथा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख धनश्याम गिरिको सभापतित्वमा हुने जनाइएको छ ।

चन्द्रागिरि नगरपालिकाले एक सूचना जारी गर्दै माघ २ गते सम्पूर्ण वडामा सेवाप्रवाह अवरुद्ध हुने जानकारी दिएको छ । माघ २ गते बिहान १० बजे सम्पूर्ण नगरवासीलाई -यालीमा सहभागी हुन अनुरोध पनि गरिएको छ । -याली बिहान १० बजे चन्द्रागिरि नगरपालिकाको कार्यालयबाट सुरु भई मूल सडक हुँदै नयाँ नैकाप भएर फुटबल मैदान सभास्थलसम्म पुग्ने छ । कार्यक्रम दिउँसो १ बजे सुरु हुने छ ।

चन्द्रागिरि नगरपालिकाका सम्पूर्ण वडाहरुले एक सुचना जारी गर्दै वडाभित्र रहेका समिति तथा गुठीहरुबाट बाजा, झाँकीहरु, क्लब, नागरिक समाज तथा सञ्जाल, महिला स्वयंसेविकाहरु, महिला आमा समूह, बन उपभोक्ता समितिहरु तथा अन्य सबै क्रियाशील समिति संस्थाहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गरेको छ ।


Scroll to Top