चन्द्रागिरि नगरपालिकाले नगरस्तरीय छात्रवृत्तिका लागि निवेदन आह्वान

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरस्तरीय छात्रवृत्तिका लागि निवेदन आह्वान गरेको छ ।
चन्द्रागिरि नगरपालिकाभित्र रहेका संस्थागत विद्यालयहरुले नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई चन्द्रागिरि नगरपालिकाले छात्रवृत्तिको लागि निवेदन दर्ता गर्नुहुने सूचना जारी गरेको छ ।

चन्द्रागिरि नगरपालिकाभित्र रहेका संस्थागत विद्यालयहरुले नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई चन्द्रागिरि नगरपालिकाले छात्रवृत्तिको लागि निवेदन दर्ता गर्नुहुने सूचना जारी गरेको छ ।


गत वर्ष नगरपालिकाबाट छात्रवृत्ति प्राप्त गरी अध्ययन गरिरहेका विद्यार्थीहरु तथा नयाँ समावेश हुन इच्छुक विद्यार्थीहरुले निवेदन दिन सक्ने सुजनराज खनालले जानकारी दिए ।
निवेदन यही वैशाख २१ गतेसम्म कार्यालय समयभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दर्ता गरिसक्नु पर्नेछ ।
छात्रवृत्ति आवेदन फाराम यस नगरपालिकाको वेबसाइट तथा सम्बन्धित विद्यालय, वडा कार्यालय र नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाबाट निःशुल्क लिन सकिनेछ ।
चन्द्रागिरि नगरपालिकामा स्थायी बसोबास गरेका विद्यार्थीहरुलाई पहिलो प्राथमिकता दिने पनि सुजनराज खनालले जानकारी दिए ।

Scroll to Top