चन्द्रागिरि नगरपालिकाले सहकारीको ऋण नतिर्ने ऋणीहरुको जायजेथाबाट ऋण असुल गर्ने

काठमाडौं । सहकारी संस्थाहरुबाट ऋण लिई निर्धारित समयभित्र साँवा व्याज चुक्ता गर्न चन्द्रागिरि नगरपालिकाले अनुरोध गरेको छ ।
सहकारी संस्थाहरुबाट ऋण लिई निर्धारित समयभित्र सोको साँवा व्याज चुक्ता गर्न पटक पटक ताकेता गर्दा समेत ऋण चुक्ता नगरेका कारणले सहकारी धरापमा परेको र वचतकर्ताको वचत फिर्ता गर्न समस्या परेको भन्दै सहकारी संस्थाहरुबाट चन्द्रागिरि नगरपालिकालाई हारगुहार गरेका छन् ।
हाल यदाकदा समाजमा ऋण तिर्न नपर्ने वा नतिर्ने भन्नेजस्ता वित्तीय अराजकताहरु फैलिएका देखिन्छ । कोही कसैले आफूले लिएको ऋण तिर्नु नपर्ने भन्ने कल्पना गरेको भएमा त्यो आफैका लागि प्रत्युत्पादक हुने र त्यसले आफूलाई हानि हुने जनाइएको छ ।
कसैले बदनियतपूर्ण तरिकाले ऋण नतिरेको भए त्यस्ता गतिविधि नियन्त्रण गर्न चन्द्रागिरि नगरपालिका हदैसम्मको कठोर कानुनी कारबाही गर्ने भनिएको छ । चन्द्रागिरि नगरपालिकाको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाहरुका सम्पूर्ण ऋणी सदस्यहरुलाई समयमै ऋणको साँवा, व्याज र किस्ता भुक्तानीका लागि चन्द्रागिरि नगरपालिकाले अनुरोध पनि गरेको छ ।
अन्यथा संघीय सहकारी ऐन, २०७४ को दफा ८३ र ८४ बमोजिम जायजेथाबाट असुली गर्ने समेत जनाइएको छ ।

Scroll to Top