“चन्द्रागिरि नगरपालिकालाई लप्सी उत्पादनको हब बनाइने”

चन्द्रागिरि नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका वन तथा अन्य सार्वजनिक क्षेत्रमा लप्सी, अम्बा, एभोकाडो, बाँस लगायत अन्य उत्पादन र आय आर्जन मुलक रुख बिरुवा रोप्ने र सम्बर्धन प्रबर्धन गर्ने कार्य शुरु गरेको छ। नगरपालिका क्षेत्र भित्र कार्यरत वन समिति, महिला समूह तथा अन्य सामाजिक संस्था मार्फत उक्त बिरुवा वितरण कार्य शुरु भएको हो। एक औपचारिक कार्यक्रमका बीच नगर प्रमुख घनश्याम गिरीज्युले बिरुवा हस्तान्तरण गर्नु भएको हो।

कार्यक्रममा बोल्दै नगर प्रमुखज्युले यसै आर्थिक वर्षमा १०,००० लप्सीको बिरुवा रोप्ने लक्ष्य रहेको कुरा जानकारी गराउनु भयो। नगर प्रमुखज्युले नगरपालिकाले वन समिति, महिला समूह तथा अन्य सामाजिक संस्थालाई नगरपालिकाले बिरुवा उपलब्ध गराउनुका साथ साथै उक्त बिरुवाको संरक्षणको लागि पनि कार्यविधि तयार गरि बजेट उपलब्ध गराउने कुरा जानकारी गराउनु भयो। नागरिकको लागि उत्पादन र रोजगार संगै आय आर्जन संग जोड्ने नगरपालिकाको लक्ष्य रहेकोमा यस किसिमको नगदे रुख बिरुवाको उत्पादनले नगरबासीको सामाजिक र आर्थिक स्थितिको प्रबर्धनमा अहम भूमिका खेल्ने कुरा पनि नगर प्रमुखले बताउनु भयो। विशेष गरि लप्सी उत्पादनको लागि यस क्षेत्रको मौसम र भूगोल पनि सहज भएको हुदाँ यस नगरलाई लप्सी उत्पादनको हबको रुपमा परिचित गराउने कुरा पनि नगर प्रमुखज्युले बताउनु भयो।

Scroll to Top