चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा सुरु गर्ने

काठमाडौं ।
चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा सञ्चालान सुरु गर्ने भएको छ ।
आज बुधबार चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स किड्नी डायलासिस प्रोजेक्ट कमिटी बीच चन्द्रागिरि नगरपालिका वडा नं ४ मा अवस्थित प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा संचालन गर्ने सम्बन्धि सम्झौता पत्र हस्ताक्षर सम्पन्न भएको छ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ भ्, लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ र लायन्स क्लब अफ काठमाडौँ ग्लोबलको सहजीकरणमा लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनको सहयोगमा उक्त डायलासिस सेवा संचालान हुनेछ। अबको ६ महिना भित्र नै उक्त सेवा सुचारु हुने उक्त कमिटीका अध्यक्ष राजु महर्जनज्युले जानकारी गराउनु भयो।

Scroll to Top