चन्द्रागिरि नगरपालिका ६ र ७ को संयुक्त आयोजनमा कात्तिक २३, २४ र २५ गते झिलिमिली हाट बजार संचालन हुँदै

चन्द्रागिरि नगरपालिका वडा नं. ६ र ७ को संयुक्त आयोजनमा कात्तिक २३, २४ र २५ गते झिलिमिली हाट बजार संचालन हुन गइरहेको छ । चेकपोस्ट हुँदै चन्द्रागिरि नगरपालिका वडा नं. ६ र ७ को कार्यालय जाने बाटोकाे दुवै तीर हाट बजार संचालन हुने झिलिमिली हाट बजार व्यवस्थापन समितिको संयोजक दयाराम थापाले जानकारी दिए ।

नजिकिँदै गरेको तिहार, नेपाल संवत् ११४४ तथा छठ पर्वका लागि स्थानीय स्तरमै उत्पादित खाद्य सामान, लत्ताकपडा, अन्य विविध बस्तुहरुको बिक्री वितरण सहज होस भन्नको लागि हाट बजार सञ्चालन गर्न लागेको चन्द्रागिरि नगरपालिका वडा नं. ६ को वडाध्यक्ष सञ्जय सिग्देलले जानकारी दिए ।


स्थानीय उत्पादन तथा प्रवर्धनको लागि चन्द्रागिरि नगरपालिका वडा नं. ६ र ७ को संयुक्त आयोजना र झिलिमिली हाट बजार व्यवस्थापन समितिको व्यवस्थापनमा हुन गइरहेको झिलिमिली हाट बजारमा चन्द्रागिरि नगरपालिका वडा नं. ६ र ७ भित्र रहेका विभिन्न समूह, संघ संस्था र व्यवसायीद्धारा उत्पादित सम्बन्धित निकायबाट बिक्री वितरण गर्न अनुमति प्राप्त स्थानीय उत्पादन, वस्तु तथा सामाग्रीहरुको बिक्री वितरण हुने चन्द्रागिरि नगरपालिका वडा नं. ७ का वडाध्यक्ष शम्भुकुमार केसीले जानकारी दिए ।


झिलिमिली हाट बजारको लागि स्टल बुकिङ कार्तिक २० गतेसम्म कार्यालय समयभित्र वडा नं. ६ र ७ को वडा कार्यालयमा सम्पर्क गर्नका लागि पनि सूचना जारी गरिएको छ ।
झिलिमिली हाट बजार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने हुने छ ।

Scroll to Top