झिलिमिली हाट बजार चन्द्रागिरि नगरपालिका ६ र ७ प्रांगणमा भाेलिदेखि सुरू

चन्द्रागिरि नगरपालिका वडा नं। ६ र ७ को संयुक्त आयोजनमा कात्तिक २३, २४ र २५ गते झिलिमिली हाट बजार संचालन हुन गइरहेको छ । चन्द्रागिरि नगरपालिका वडा नं। ६ र ७ को कार्यालय प्रांगणमा आयोजना हुने हुने झिलिमिली हाट बजारको लागि स्टल राख्ने ठाउँ, चेकपोस्टदेखि वडाकार्यालयसम्म बत्ति हाल्ने सम्पूर्ण कार्य सकिसकेको संयोजक दयाराम थापाले जानकारी दिए ।
स्थानीय उत्पादन तथा प्रवर्धनको लागि चन्द्रागिरि नगरपालिका वडा नं। ६ र ७ को संयुक्त आयोजना र झिलिमिली हाट बजार व्यवस्थापन समितिको व्यवस्थापनमा हुन गइरहेको झिलिमिली हाट बजारमा चन्द्रागिरि नगरपालिका वडा नं। ६ र ७ भित्र रहेका विभिन्न समूह, संघ संस्था र व्यवसायीद्धारा उत्पादित सम्बन्धित निकायबाट बिक्री वितरण गर्न अनुमति प्राप्त स्थानीय उत्पादन, वस्तु तथा सामाग्रीहरुको बिक्री वितरण हुने जानकारी दिए ।

झिलिमिली हाट बजार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने हुने छ ।

Scroll to Top