चन्द्रागिरि नगरमा ईटाभट्टा पीडित मूल संघर्ष समितिले ईटाभट्टाविरुद्ध पुनः आन्दोलन गर्ने

काठमाडौं ।
चन्द्रागिरि नगरपालिकामा ईटाभट्टा पीडित मूल संघर्ष समितिले ईटाभट्टाविरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ ।
समितिले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा संघर्ष समितिका अध्यक्ष मुकुन्दप्रसाद अधिकारीको संयोजकत्वमा ईटाभट्टाविरुद्ध पुन संघर्षमा उत्रने जानकारी दिए ।
चन्द्रागिरि नगरपालिकाभित्र रहेका २५ वटा ईटाभट्टामा हाल मच्छिन्द्र ईटाभट्टाले उत्पादन गरेको हिरा ईटा मात्र सञ्चालनमा रहेको छ ।
संघर्ष समितिका अध्यक्ष घिमिरेले नगरभित्रका सबै ईटाभट्टा हटेपनि हिरा ईटामात्र नहट्नु शंकाको विषय भएको उल्लेख गरे । ईटाभट्टबाट निस्किएको धुँवा र धुलोले वातावरणमा प्रदुषण भएको र महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै भट्टा हटाउनको लागि सम्बन्धित निकायलाई चर्को दबाब दिने पनि बताए ।

स्थानीय निकायको निर्वाचन पश्चात गठन भएको चन्द्रागिरि नगरपालिकाको नगर परिषद्ले २०७५ साउन १० गते बसेको बैठकले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण ईटाभट्टाहरु २०७६ साउन १ गतेबाट रोक लगाउने निर्णय गरेको थियो । त्यसै अनुसार सबै ईटाभट्टाहरुलाई पत्राचार समेत गरेको थियो । तर अहिलेसम्म मच्छिन्द्र ईटाभट्टा सञ्चालन हुनुमा स्थानीयवासीहरु शंखाको दृष्टिकोणले हेर्दै छन्, संघर्ष समितिका अध्यक्ष घिमिरेले बताए ।

नगरलाई वातावरण मैत्री ईटाभट्टा सञ्चालनको लागि ठूलो रकमको आवश्यकता पर्ने र नगरमा ईटाभट्टा स्तरोन्नती गरी सञ्चालन गर्न दिइने भनी प्रतिवेदन पेश गरेका थिए तर त्यसपछि नगरको मापदण्डअनुसार सञ्चालन गर्न नसकिने भन्दै नगरभित्र सञ्चालनमा रहेका ईटाभट्टाहरु धमाधम बन्द हुन थाले । नगरमा मच्छिन्द्र ईटाभट्टा उद्योगले मात्र मापदण्ड अनुसार ईटाभट्टा सञ्चालन गर्छु भनी नगरलाई पत्र बुझायो । सोही अनुरुप आजका दिनसम्म पनि मच्छिन्द्र ईटाभट्टा सञ्चालनमा रहँदै आएको तत्कालिन वडा अध्यक्ष तथा वातावरण समितिका संयोजक गोपी सुर्तेतीले बताए ।

नेपाल सरकारको मापडण्डअनुसार नै हामीले ईटाभट्टा सञ्चालन गरिएको छौं । सरकारको मापडण्ड अनुसार १२५ फिट अग्लो चिम्नी हुनुपर्नेमा हामीले त्योभन्दा अग्लो नै बनाएका छौं । वातावरणीय मापदण्ड पूरा गरी नेपालको नै एक मात्र मौलिक, कलात्मक ईटा उत्पादन गर्दै आएका छौं, मच्छिन्द्र ईटाभट्टाका सञ्चालन तीर्थमान महर्जन बताउँछन् ।
भुकम्प, त्यसपछि कोरोनाले थलिएको ईटाभट्टा ३, ४ वर्ष त हामीले त्यत्तिकै घाटामा सञ्चालन गर्नुपर्यो । थलिएर बल्लतल्ल उठ्न लागेको उद्योग बन्द गर्दा हाम्रो लगानी कस्ले बेहोर्छ ? नगरपालिकासँग हामीलाई २, ३ वर्ष दिनुस्, सबै बिद्युतीय प्रणालीमा लान्छौं भनेर निवेदन समेत दिइसकेका छौं, महर्जनले बताए ।
मच्छिन्द्र ईटाभट्टाले ५०० जति श्रमिकलाई राजगारी दिएको, ईटाभट्टामध्ये सबैभन्दा बढी कर नेपाल सरकारलाई तिरेको हुँदा चन्द्रागिरि नगरपालिकाले यसतर्फ पनि ध्यान दिन्छ भन्ने पूर्ण विश्वास व्यक्त गर्दछन् महर्जन ।

Scroll to Top