चन्द्रागिरि नगरमा तिहार तथा नेपाल सम्वत् ११४४ मनाउने सन्दर्भमा यस्तो निर्णय

चन्द्रागिरि नगर कार्यपालिकाको बैठकले यस वर्षको तिहार पर्व तथा नेपाल संवत् ११४४ मनाउने सन्दर्भमा निर्णय गरेको छ ।

बिहीबार बसेको कार्यपालिका बैठकले कार्तिक २५ गते काग तिहार (क्वः पूजा), कार्तिक २६ गते कुकुर तिहार (खिचा पूजा) मनाउने निर्णय गरेको छ ।

यसैगरी बैठकले कार्तिक २७ गते सोमबार लक्षमी पूजा, कार्तिक २८ गते मंगलबार म्हः पूजा तथा कार्तिक २९ गते किजा पूजा, भाइटीका मनाउने निर्णय गरेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

पर्व मनाउने सन्दर्भमा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय तथा सहजीकरण गरी निर्णय गरिएको पनि नगरप्रमुख गिरीले बताए ।

Scroll to Top