चन्द्रागिरि नगरमा प्रशासनतर्फ १२, कम्युटर अपरेटरमा १२ र इन्जिनियरमा १४ जना बढी कर्मचारी नियुक्त

चन्द्रागिरि नगरपालिकाको गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको छ ।
चन्द्रागिरिमा गत वर्षसम्म १८ करोड २१ लाख ६४ हजार बेरुजू रहेकोमा अहिले बढेर रकम २३ करोड २५ लाख २४ हजार पुगेको छ ।


महालेखाको खर्च विश्लेषण प्रतिवेदन अनुसार चन्द्रागिरि नगरका पदाधिकारीहरूले सुविधा बापत एक वर्षमा १ करोड ३४ लाख ६४ हजार खर्च गरेको उल्लेख छ ।


महालेखा प्रतिवेदन अनुसार चन्द्रागिरि नगरको कार्यपालिका कार्यालयमा खाना तथा विविध खर्चमा १ वर्षमा ६२ लाख ८७ हजार ८६ रूपैयाँ खर्च गरिएको देखिएको छ ।


चन्द्रागिरि नगरपालिकामा दरबन्दी भन्दा बढी कर्मचारी भएको देखिएको छ ।

कुल ६२ जनाको दरबन्दी तोकिएकोमा १९ जना बढी कर्मचारी कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार चन्द्रागिरि नगरमा प्रशासनतर्फ १२ जना, कम्युटर अपरेटरमा १२ जना र इन्जिनियरमा १४ जना बढी कर्मचारी रहेको जनाएको छ ।

Scroll to Top