चन्द्रागिरि नगरमा विराट ज्ञान महायज्ञ आयोजना हुँदै

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित वडा नं. २ वाणभञ्ज्याङको कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा यही चैत २७ गतेदेखि विराट महायज्ञ हुने भएको छ।

ऐतिहासिक (चण्डिका देवी) श्रीमद्देवी भागवत विराट ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव मूल समारोह समितिको आयोजना हुने उक्त भागवत चन्द्रागिरि नगरपालिका २, कोइरालाथोक चण्डिकादेवी स्थान हाइटमा यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

चन्द्रागिरि नगरको पुण्य भूमिमा धार्मिक पर्यटक प्रवद्र्धन गरी मन्दिर क्षेत्रको विकास योजना कार्यान्वयन गर्ने महान उद्देश्य राखी आयोजना गरिने श्रीमद्देवी भागवत विराट ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८०।०८१ मा पं. विजय सिग्देलको मुखारविन्दबाट वाचन हुने आयोजकले जानकारी दिए ।

संगीतमय कथावाचन, भजन कीर्तन, देवलीला, झाँकी, तुलादान एवम् शान्ति कलश पूजन सहितको श्रीमद्देवी भागवत विराट ज्ञान महायज्ञको लागि यही चैत २४ गते शबिार बिहान ८ बजे नागढुंगा चोकमा बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ भने चैत २७ गते मंगलबार समुद्घाटन एवम् पूर्वाङ्गको अवसरमा बिहान १० बजे वृहत शोभा कलश यात्राको आयोजना गरेको छ ।

श्रीमद्देवी भागवत विराट ज्ञान वैशाख ५ गते समापन हुनेछ ।

Scroll to Top