चन्द्रागिरि महोत्सव असार २ गतेसम्म आयोजना हुने

काठमाडौं । काठमाडौंको पश्चिमभेगस्थित चन्द्रागिरी नगरपालिका वडा नं. ७ मा जारी प्रथम वनदेवी चन्द्रागिरी साँस्कृतिक व्यापार पर्यटन महोत्सव २०८१ को समयावधि थप गरिएको छ ।
जेठ १४ गतेदेखि औपचारिक रुपमा सुरु भएको महोत्सवमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता र कलाकारहरुको प्रस्तुति अझै बाँकी रहेकाले दर्शकहरुकै माग अनुसार समय थप गरिएको संयोजक राजकुमार केसीले शोणितपुर खबरलाई जानकारी दिए ।
जेष्ठ १४ देखि २७ गतेसम्मका लागि तोकिएको महोत्सव अब असार २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
कला, धर्म र संस्कृतिको पहिचान, स्वच्छ हराभरा सुन्दर नगर चन्द्रागिरीको शान भन्ने नाराका साथ सुरु भएको प्रथम वनदेवी चन्द्रागिरी सांस्कृति व्यापार महोत्सव २०८१ मा अवलोकनकर्ता दिनप्रतिदिन उत्साहित हुँदै आउने गरेको आयोजक वनदेवी भवन संरक्षण समितिका अध्यक्ष कुमार शाहले बताए।
महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने सामाग्रीहरु, खानाका परिकार, हस्तकला, चित्रकला, वास्तुकलाका सामग्री, कृषि औजारका सामग्रीको विक्रीको लागि स्टल राखिएको छ भने होत्सव अवलोकन गर्न आउने दर्शकहरुलाई रोटे पिङ, कोलम्बस, रेललगायतका विभिन्न खेलबाट मनोरञ्जन लिन सकिनेछ ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय नगरी सुन्दर चन्द्रागिरि नगरको चन्द्रागिरि डाँडाको फेरिमा आयोजना गरिएको सो महोत्सव यो गर्मी महिनामा चन्द्रागिरि घुम्न आउने र महोत्सव गर्न आउनलाई उपयुक्त समय छ । जताततै हरियाली, शान्त वातावरण र यो गमी महिनालाई सितलता दिने ठाउँ थानकोट, चन्द्रागिरि घुमाउनेमा भइरहेको महोत्सवले थप आनन्द दिनेमा दुईमत छैन भन्छन् महोत्सव अवलोकन गर्न आउने दर्शकहरु ।

Scroll to Top