चन्द्रागिरि सहकारीले गर्यो दुई संस्था एकीकरण 

चन्द्रागिरि सहकारीले गर्यो दुई संस्था एकीकरण 

काठमाडौं ।

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले थप दुई सहकारी संस्था एकीकरण गरेको छ । संस्थाले काठमाडौंमा रहेको ओमन क्रियसन बचत तथा ऋण सहकारी संस्था र ललितपुरमा रहेको पाटन बहुउद्देश्यीय सहकारी संस्थालाई एकीकरण गरेको हो ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आज दुई संस्था एकीकरण गरेको प्रमाणपत्र प्रदान गरेको छ । प्रदेश सहकारी ऐन २०७६ को दफा १२ को उपदफा १ बमोजिम दुई संस्था एकीकरण भएका हुन् । एकीकरणसँगै संस्थाको मुख्य कार्यालय सहित ९ वटा सेवा केन्द्र पुगेका छन् । संस्थाले यस अघि पनि केही सहकारी  संस्थालाई एकीकरण गसिकेको छ । 

संस्थाले काठमाडौं , धादिङ र ललितपुरमा गरी ३ वटा जिल्लामा कार्यक्षेत्र विस्तार गरेको  छ । संस्थाले १८ हजार भन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ भने यस आर्थिक बर्षको मंसिर मसान्तसम्म संस्थाको कुल कारोवार  ३ अर्ब ३८ करोड २८ लाख पुगेको छ । संस्थाको शेयर पुँजी १९ करोड ५७ लाख ७३ हजार र जगेडा कोषमा ८ करोड ४७ लाख भन्दा बढी रकम रहेको छ । २ अर्ब ७४ करोड ३५ लाख बचत संकलन गरेको उक्त संस्थाले २ अर्ब २४ करोड ३४ लाख ऋण लगानी गरेको छ । 

Scroll to Top