चन्द्रागिरि साकोसले सफा टेम्पोमा ४ करोडसम्म लगानी गर्ने

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सफा टेम्पोमा ४ करोडसम्म लगानी गर्ने भएको छ । संस्थाले कम पूँजी भएका वर्गमा रोजगारी सृजना गर्न प्रोत्साहित गर्ने र वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले ४१ वटा लिथियम आयन रिचार्जेवल ब्याट्रिबाट सञ्चालित सफा टेम्पोमा ४ करोड सम्म लगानी गर्ने भएको हो ।

न्यून ब्याजदरमा संस्थाले यो ऋण सुरुवात सुरुवात गर्ने जनाएको छ । ईमाडोल रत्नपार्क, लगनखेल बानेश्वर, लगनखेल डल्लु हुँदै सञ्चालन हुने सफा टेम्पोलाई १२ प्रतिशत व्याजदरमा लगानी गर्ने सम्बन्धी सम्झौता पत्रमा आज संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र सफा चार्जिङ्ग एण्ड सर्भिस स्टेशनका सञ्चालक रामहरि न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सहकारीले सफा टेम्पोका सञ्चालक वा मालिकहरुलाई प्रतिव्यक्ति १० लाखमा नबढाई ऋण लगानी गर्नेछ ।

Scroll to Top