चन्द्रागिरि हिल्सको खुल्ला रक्तदान कार्यक्रम

काठमाडौं । काठमाडौं उपत्यकामा पहिलो केबुलकार संचालन गरेको चन्द्रागिरि हिल्सले आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जन स्वास्थ्य पनि अहं पक्ष रहेको तथा व्यावसायिक नाफा मात्र उद्देश्य नरहेको हुनाले रक्तदान कार्यक्रम नमुना अभ्यासको रुपमा पहिलोपटक आयोजना गरिएको चन्द्रागिरि हिल्सका प्रबन्ध निर्देशक संजीव थापाले बताउनु भयो ।

विज्ञानले ग्रह , नक्षत्र , समग्र ब्रम्हाण्डको अस्तित्व र चक्रबारे अनुसन्धान र आविस्कार गर्ने कार्य गरिरहेको भएता पनि रगत उत्पादन / आविष्कार गर्न नसकिरहेको र मानव शरीर संरचना जैविक रहस्य र आनुवंशीक विशेषतामा आधारित रहेकोले एउटा रक्त समुहको मानिसलाई अर्को रगत प्रयोगमा नआउँने हुनाले सबै खाले रगतको सञ्चयन नै सबै खाले मानिसको प्राण बचाउँने एकमात्र उपाय रहेको हुनाले रक्तदान कार्य आवश्यक रहेको बताउँनु भयो ! साथै , आगामी दिनहरुमा जन स्वास्थ्य र जन सरोकारका विषयमा चन्द्रागिरि हिल्सले आफ्नो तर्फबाट सक्दो योगदान पुर्याउने समेत थापाले बताए ! आजको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको आयोजकले जानकारी दिए ।

Scroll to Top