चन्द्रागिरि हिल्सको स्थानीयको सेयर माघ ८ बाट बेच्न पाइने

काठमाडौं ।
माघ ८ मा चन्द्रागिरि हिल्सको सेयर लक इन पिरियड सकिदै छ ।
कम्पनीको संस्थापकको १ करोड ३५ लाख कित्ता सेयर, ३ लाख ६ हजार ८१९ कित्ता स्थानीय बासीको र ६१ हजार ३६४ कित्ता कर्मचारीको सेयरमा लकइन अवधि सकिन लागेको हो ।
स्थानीयलाई कम्पनीले साधारण सेयर २०७७।१०।०९ गते बाँडफाँट गरेको थियो । तर स्थानीयको सेयरलाई तीन वर्षको लागि होल्ड गरिएको थियो । अब यो अवधि यही माघ ८ गते सकिदै छ ।
त्यस्तै, संस्थापक सेयर र कर्मचारीहरुको सेयर पनि होल्ड गरिएको थियो ।

Scroll to Top