चन्द्रागिरि हिल्स लिमिटेडको निमित्त महाप्रबन्धकको जिम्मेवारी श्याम तण्डुकारलाई

काठमाडौँ । आईइमई ग्रुप अन्तर्गतको चन्द्रागिरि हिल्स लिमिटेडको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त भएका छन् । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि तण्डुकार कम्पनीको एक्जुकेटीभ म्यानेजर थिए । 

यसअघिका महाप्रबन्धक सञ्जीव थापाले पदबाट राजीनामा दिएसँगै कम्पनीले उनको राजीनामा स्वीकृत गर्दै तण्डुकारलाई निमित्तको जिम्मेवारी दिएको हो ।

Scroll to Top