चन्द्रागिरि ४ गोदाममा जेठ १९ गते हेल्थ क्याम्प हुँदै

काठमाडौं । चन्द्रागिरि ४ स्थित थानकोट, गोदाममा हेल्थ चेकअप क्याम्पको आयोजना हुँदैछ ।

चुनदेवी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा हुन लागेको हेल चेकअप क्याम्प यही जेठ १९ गते शनिबार हुन लागेको चुनदेवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र शाहीले बताए ।

हेल्थ क्याम्पमा जम्मा ५ सय रुपैयाँमा लिभर, किड्नी, मधुमेह, मुटु र थाइराइडको परिक्षण हुने अध्यक्ष शाहीले बताए ।

जेठ १९ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने हेल्थ क्याम्पलाई एएनबीआर मिराकल हेल्थ केयरले सहयोग गरेको छ ।

बाहिर सोही प्रकृतिको चेकजाँच गर्नुपर्दा २ हजारदेखि २५ सयसम्म पर्नेमा सो दिन हेल्थ क्याम्पमा जम्मा ५ सय रुपैयाँ मात्र शुल्क लाग्ने अध्यक्ष शाहीले जानकारी दिए ।

Scroll to Top