चन्द्रागिरि ६ स्थित चन्दन भराटेश्वर महादेव मन्दिरमा कालो ब्यानर राखेर विरोध प्रदर्शन

थानकोट ।
सार्वजनिक तथा धार्मिक क्षेत्रमा बाह्य अतिक्रमणविरुद्ध संघर्ष समिति नगाँचा, महादेवस्थानद्धारा स्थानीय सरकार चन्द्रागिरि नगरपालिकासँग विभिन्न माग राखी विरोध प्रदर्शन विरोध प्रदर्शन सुरु गरेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नंं. ६ स्थित महादेव मन्दिर प्रांगणमा निर्माण हुन गइरहेको आवासीय तथा छात्राबास भवन निर्माणको विरोध स्वरुप त्यहाँका स्थानीय व्यक्तिहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।
आज महादेव मन्दिरमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्न लागेको संघर्ष समितिका संयोजक इन्द्र महर्जनले बताए ।
सामुदायिक गुठी भवन विना रोकतोक निर्वाधरुपमा निर्माण गर्न दिनुपर्ने, परापूर्व कालदेखि स्थानीय बासिन्दाले आफ्नो धार्मिक आस्थामा रही स्वतन्त्रपूर्वक धार्मिक क्रियाकलाप गर्न पाउनुपर्ने, सार्वजनिक जग्गामा व्यक्ति विशेषको लागि आवासीय तथा छात्रावास भवन निर्माण गर्न नपाउने, मानव बस्ती विकास सँगसँगै हालसम्मका कायम रहेको चन्दन भराटेश्वर महादेवलगायत अन्य गणेश, नाःस, सरस्वती, भैरवजस्ता पुरातात्विक महत्वका मठ मन्दिर, कुवा, धारा पाटीको संरक्षण गर्नुपर्ने लगायतका माग राखी आज मन्दिर परिषरमा कालो झण्डा राखी विरोध प्रदर्शन गर्न लागेको संयोजक महर्जनले शोणितपुर खबरलाई जानकारी गराए ।
सार्वजनिक तथा धार्मिक क्षेत्रमा बाह्य अतिक्रमण विरुद्ध संघर्ष समितिले गरेको छ ।

Scroll to Top