चन्द्रागिरि ६ स्थित महादेव मन्दिरको विवाद अझै सुल्झिएन !

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा रहेको चन्दन भराटेश्वर महादेव मन्दिरमा अझै विवाद सुल्झिएको छैन ।
सार्वजनिक तथा धार्मिक क्षेत्रमा बाह्य अतिक्रमणविरुद्ध संघर्ष समिति नगाँचा, महादेवस्थानद्धारा स्थानीय सरकार चन्द्रागिरि नगरपालिकासँग विभिन्न माग राखी विरोध प्रदर्शन गर्दै आइरहेको छ ।


यसै सन्दर्भमा चन्द्रागिरि नगरका नगरप्रमुख धनश्याम गिरीलाई ध्यानाकर्षण गर्न विभिन्न संघर्ष समितिका पदाधिकारीहरु चन्द्रागिरि नगरपालिका गएका थिए । जसमा चन्द्रागिरि ६ का अध्यक्ष सञ्जय सिग्देल, विवेक ढकाल, लक्ष्मी थापा, संघर्ष समितिका संयोजक इन्द्र महर्जन, प्रेम महर्जन सहभागी रहेको थियो ।

त्यस्तै, भैरव गुठीका धनबहादुर महर्जन, संरक्षण समितिका अध्यक्ष लक्ष्मी बहादुर महर्जन, बाँसुरी खलका अध्यक्ष बीरकृष्ण महर्जन, धिमे खलका अध्यक्ष न्ह्यूछे (साइला) महर्जनको उपस्थिति रहेको थियो ।
यस क्रममा चन्द्रागिरि नगरका नगर प्रमुखले एक साताभित्र महादेव मन्दिर प्रांगणमा भएको घटनाक्रमलाई मिलाउने आश्वासन दिएको संघर्ष समितिका अध्यक्ष महर्जनले शोणितपु खबरलाई जानकारी दिए ।

यस क्रममा चन्द्रागिरि नगरका नगर प्रमुखले एक साताभित्र महादेव मन्दिर प्रांगणमा भएको घटनाक्रमलाई मिलाउने आश्वासन दिएको संघर्ष समितिका अध्यक्ष महर्जनले शोणितपु खबरलाई जानकारी दिए ।


चन्द्रागिरि नगरपालिकाभित्र रहेको महादेव मन्दिर चन्द्रागिरि नगरकै प्रौराणिक, ऐतिहासिक मन्दिर भएकोले यसको संरक्षण र सम्बर्धन गर्न सबैले सहयोग गर्नुपर्ने संघर्ष समितिका अध्यक्ष इन्द्र महर्जनले बताए ।
यसको संरक्षण गर्ने प्रमुख दायित्व भनेको वडाको भएकोले यसको सम्पूर्ण जिम्मेवारी वडाअध्यक्षले लिनुपर्ने र स्थानीयहरुको साथ र सहयोग लिएर मात्र महादेव मन्दिर प्रांगणमा विभिन्न गतिविधि गर्नुपर्नेमा अध्यक्ष महर्जनले जोड दिए ।

संघर्ष समितिले राखेका मागहरु :
१.चन्द्रागिरि नगरपालिका र स्थानीय जनसमुदायबीच सम्झौता भई निर्माण सुरु गएको सामुदायिक गुठी भवन हालकै स्थानमा निर्माण गर्नेपर्ने ।
२. स्थानीय वासिन्दाले आफ्नो धार्मिक आस्थामा रही स्वतन्त्रतापूर्वक धार्मिक क्रियाकलाप गर्न पाउने संविधान प्रदत्त अधिकार संरक्ष गर्नुपर्ने ।
३. मावन बस्ती विकाससँगसँगै हालसम्म कायम रहेको चन्दन भराटेश्वर महादेव मन्दिरलगायत अन्य गणेश, नासः सरस्वती, भैरवजवस्ता पुरातात्विक मठ मन्दिर वा ढुंगेधारा, पाटी आदिको संरक्षण गर्नुपर्ने ।
४. पुर्खादेखि निरन्तर सञ्चालन हुँदै आएको सांस्कृतिक, धार्मिक, क्रियाकलापहरु, जात्रा पर्वहरुको निरन्तरताको ग्यारेन्टी गरिनुपर्ने ।
५. धार्मिक सम्पदा यस महादेव मन्दिर परिसरमा सांस्कृतिक तथा पुरातात्तिव अतिक्रमण गरी बनाएको भौतिक संरचना तुरुन्त हटाउनुपर्ने ।
६. धेरै भवनहरुलाई निरुत्साहित गरी एउटै ठूलो र सामुदायिक किसिमको भवन निर्माण गर्ने र खुल्ला तथा हरियाली क्षेत्रलाई बढवा दिँदै धार्मिक स्थल अपांग मैत्री र बालमैत्री बनाउनु पर्नेजस्ता माग राखिएको छ ।
यस मागलाई सम्बोधन नभएसम्म संघर्षका थप कार्यक्रमहरु अगाडि लाउने र नगरपालिकाले टेन्डर आह्वान गरेको निर्माण कार्य कुनै हालतमा पनि सुरु गर्न नदिने सर्वसम्मत निर्णय गरिएको अध्यक्ष महर्जनले बताए ।
यसमा चन्द्रागिरि नगरपालिका वडा नं. ६ का सम्पूर्ण जनप्रतिनिधिहरुले पनि साथ र सहयोग गर्नुपर्नेमा पनि जोड दिए ।

Scroll to Top