चन्द्रागिरि-७ ईट्टाखेलमा जुवा खालबाट ६ जनालाई नियन्त्रण

काठमाडौं ।

प्रहरी बृत्त थानकोटले जुवा खालवाट ६ जनालाई नियन्त्रणमा लिएकाे छ ।

चन्द्रागिरि नगरपालिका -७ ईट्टाखेल नजिकै तिलकबहादुर बस्नेतकाे घरवाट ६ जनालाई नियन्त्रणमा लिएकाे हाे ।

प्रहरी ३ बुक तास सहित नगद ६६ हजार ४ सय ५० बरामद गरिएकाे काठमाडौ प्रहरी परिसरले जनाएको छ ।

पक्राउ परेका ६ जनालाई थप अनुसन्धानका लागि थानकोट बृत्तमा राखिएकाे छ । पक्राउ परेकाे नामवाली केही बेरमा प्रहरीले शार्वजनिक गर्ने जनाएको छ ।

Scroll to Top