चन्द्रागिरि ७ बालश्रम मुक्त वडा घोषणा

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ पनि बालश्रम मुक्त वडा घोषणा भएको छ ।
आज चन्द्रागिरि ७ स्थित प्रभाव माध्यामिक विद्यालयको प्रांगणमा आयोजित उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास शाखा अधिकृत रश्मी श्रेष्ठ, चन्द्रागिरि नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष शम्भुकुमार केसी, वडा सदस्यहरु भुवन केसी, उमा थापा, रामशरण महत, पूर्णकुमारी बयलकोटी, वडा नं. ६ का अध्यक्ष सञ्जय सिग्देल, वडा नं. १५ का अध्यक्ष घनश्याम लुइँटेल, प्रभात माध्यामिक विद्यालयका प्रधानाध्यापक गोविन्द रुपाखेतीलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, महिला समुहहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीतामा आयोजित उक्त कार्यक्रम नगरप्रमुखले पानसमा बत्ती बाली उद्घाटन गर्नुभएको थियो ।


बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्ब गर्दै तयार भएको चन्द्रागिरि नगरपालिकाको बालश्रम निवारण सम्बन्धी कार्ययोजना २०७६ अनुरुप चन्द्रागिरि नगरपालिका वडा नं. ७ लाई बालश्रम मुक्त घोषणा गर्दै यसको निरन्तरता र दीगोपनाका लागि नीतिगत कार्यान्वयन गर्न आआफ्नो क्षेत्रबाट पूर्ण रुपले सहयोग र सहकार्य गर्ने सामुहिक प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष शम्भुकुमार केसीले अव हाम्रो वडामा कुनै पनि बालश्रम गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यदि कसैले बालश्रम गरेको थापा पाए कानुनी कारबाही गर्ने पनि केसीले बताउनु भयो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ बालश्रम मुक्त वडा भएसँगै अब हाम्रो काम अझ बढेको र त्यसको दिनदिनै अनुगमन गर्नुपर्ने प्रभात माविका प्रधानाध्यापक गोविन्द रुपाखेतीले बताउनुभयो । बालश्रम मुक्त वडा भएसँगै यदि कुनै बालबालिका पढ्नबाट बञ्चित छ भने प्रभात माविमा निःशुल्क सबै व्यवस्था मिलाउने प्रधानाध्यापक रुपाखेतीले व्यक्त गर्नुभयो ।
यो वडा बालश्रम मुक्त भएसँगै अब चन्द्रागिरि नगरमा ६ वटा वडा बालश्रम मुक्त भएका छन् ।

Scroll to Top