चन्द्रागिरि ७ मा अनेम संघ वडा कमिटी गठन

काठमाडौं : चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा अखिल नेपाल महिला संघ वडा कमिटी गठन भएको छ ।
निर्मला महतको अध्यक्ष्यमा भएको अखिल नेपाल महिला संघ चन्द्रागिरि नगरपालिका ७ वडा कमिटीद्वारा आयोजित दोस्रो वडा सम्मेलन सम्पन्न भएकाे छ ।
नेकपा एमालेको केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रीय उपाध्यक्ष सर्मिला कार्कीको प्रमुख अतिथिमा आयोजित कार्यक्रममा अनेम संघको जिल्ला उपाध्यक्ष बसन्ती श्रेष्ठ, नेकपा एमाले चन्द्रागिरि नगर अध्यक्ष राजु श्रेष्ठ, नेकपा एमाले चन्द्रागिरि नगर इन्चार्ज बेलीमाया घलेको उपस्थितिमा आयोजित कार्यक्रमा रञ्जु सुवेदी अध्यक्ष सहित ११ जना सदस्य चयन भएका छन् ।
जसमा उपाध्यक्षमा मिना बस्नेत, सचिवमा संगीता श्रेष्ठ, कोषाध्यक्षमा मिठ्ठु माया स्या ङतान र सदस्यहरुमा मिना मिजार शर्मा, नेत्रकुमारी बागदास, लिला आले, निरा रानामगर, गोमा बस्नेत, मनिमा श्रेष्ठ र समिता नेपाल चयन भएका छन् ।

Scroll to Top