चन्द्रागिरि ९ टौखेलमा उद्घोषण तालिम सम्पन्न

काठमाडौं । चन्द्रागिरि ९ मा बालबालिकाहरुका लागि क्षमता विकासका लागि उद्घोषण तालिम सम्पन्न भएको छ ।
जागरण महिला विकास समाजको आयोजनामा चन्द्रागिरि ९ टौखेलका स्थानीय २१ जना बालबालिकाले भाग लिएको उक्त तालिम ६ दिनसम्म सञ्चालन भएको थियो ।
कुनै पनि संघसंस्थाहरुको सहयोग विना सञ्चालन भएको उक्त तालिमको सम्पूर्ण व्यवस्थापन निवर्तमान अध्यक्ष देवेन्द्र महर्जनले गरेका थिए भने संस्थाकी अध्यक्ष सुगन्धा सुवेदीले निःशुल्क प्रशिक्षण दिएक थिइन् ।


चन्द्रागिरि नगरपालिका वडा नं. ९ का सदस्य सुरेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सुरु भएको तालिममा सहभागी सम्पूर्णलाई प्रमाणपत्रको व्यवस्था स्थानीय समाजसेवी राजेन्द्र डंगोलले सहयोग गरेका थिए ।
हिजोआज बालबालिकाहरु स्कुलमा बाहेक बाँकी समय मोबाईलजस्ता विद्युतीय उपकरणमा व्यस्त हुने भएकाले सामाजिक कार्यक्रमहरुमा बोल्न डराउने, लाज धक मान्ने भएकाले यस्ता कार्यक्रमले उनीहरुलाई बोल्ने क्षमताको विकास गर्नुका साथै घरबाट बाहिर निस्कन सक्ने बताउँछन् । जसले गर्दा उनीहरुको मनोबल उच्च हुनुका साथै समाजमा निर्धक्कसँग बोल्न सक्छन् । त्यसैले यस्ता कार्यक्रमहरु हरेक टोलटोलमा गर्नु आवश्यक भएको प्रशिक्षक सिग्देलले जानकारी दिए ।

निस्वार्थ सेवा गर्न चाहेको खण्डमा कहीकतैबाट आर्थिक सहयोग बिना पनि सम्भावना हुँदोरहेछ भन्ने यो एउटा गतिलो उदाहरण भएको प्रशिक्षक सिग्देलले बताइन् ।

Scroll to Top