चन्द्रागिरीको न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३ बजे खेल हुने

काठमाडौं । केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो दिन शुक्रबार लिग चरणका अन्तिम दुई हुँदैछन् ।

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल दिउँसो १ः०० बजे सुरु हुनेछ। साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३:०० बजे खेल हुनेछ । पुलिसले बिहीबार न्यु डायमण्डलाई हराएपछि प्रतियोगिता रोचक बनेको छ ।

२ खेलपछि ५ अंकसहित एपिएफ शीर्षस्थानमा छ। न्यु डायमण्ड र पुलिसको समान ३ अंक तथा आर्मीको १ अंक छ ।

राउन्ड रोबिनपछि शीर्ष दुई टोलीले फाइनल र पुछारको दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Scroll to Top