चन्द्रागिरी नगरपालिकामा माओवादी केन्द्रको घरदैलो कार्यक्रम सम्पन्‍न

काठमाडौ, मंसीर ३० / कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चन्द्रागिरि नगर समिति सचिवालयले आज चन्द्रागिरि नगरपालिका वडा नं. १ नागढुङ्गा देखि वडा नं. १५ खड्कुले पुल तीनथाना सम्म चोक चोकमा कोण सभागर्दै “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान २०८०” घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रिय सदस्य माधव सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न घरदैलो कार्यक्रममा स्थानीय क्षेत्रका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो ।

सो अवसरमा माओवादी नेताहरुले जनतामा छर्न खोजिएको भ्रमलाई चिर्दै जनताको सुझाव र गुनासो सुन्न घरदैलो कार्यक्रम आयोजना गरिएको तथा माआोवादी पार्टी अन्य पार्टी भन्दा फरक रहेको प्रमाणित गर्न खोजिएको पनि बताए । सो कार्यक्रममा माओवादी नेताहरूले स्थानीय सवालहरूलाई प्राथमिकताका साथ उठाएका थिए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय कमिटीका सल्लाहकार सानुकाजी खड्गीले धेरै अगाडी देखि नागढुंगा कलंकी सडक खण्डमा मुआव्जा नपाएर मर्कामा परेका स्थानीयहरूको सवाललाई उठाउनु भएको थियो ।

प्रमुख अतिथि केन्द्रिय सदस्य माधव सापकोटाले सडकका विस्तारमा मुआव्जाको अल्झिरहेको सवाल देखि त्रिभुवन पार्कको संरक्षण तथा व्यवस्थापन स्थानीयको सहभागीताको लागि पार्टीले प्राथमिकता साथ पहल गर्ने बताउनु भयो ।

सो अवसरमा केन्द्रिय सल्लाहकार मुकुन्द प्रसाद घिमीरे, सञ्जय लामा, मधुसूदन अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

Scroll to Top