चन्द्रागिरी मातातिर्थस्थित श्री महाँलक्ष्मी आधारभूत विद्यालयका विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । चन्द्रागिरी नगरपालिका ६ मातातिर्थस्थित श्री महाँलक्ष्मी आधारभूत विद्यालयका अति बिपन्न ३५ जना छात्र-छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ । पूर्व प्रशासक तथा प्रशासन विज्ञ खड्गबहादुर श्रेष्ठको पहलमा विपन्न बिद्यार्थीहरूलाइ शैक्षिक सामग्री वितरण गरिएको हो ।

गरिबिको कारण बिद्यालयले तोकेको छालाको जुत्ता लगाउन नसकेको जानकारी पाएपछी शैक्षिक सामग्री जुटाएर शैक्षिक सामग्री वितरण गरिएकाे उनले जानकारी दिए । उनका अनुसार जागरण महिला समाज नेपालकी अध्यक्ष सुगन्धा सुबेदीको बिशेष सहयोग र एसियन खेलकुद र ओलम्पिक खेलकुदमा प्रथम पटक पदक हासिल गर्ने पहिलो नेपाली खेलाडी बिधान लामाको आर्थीक सहयाेगमा स्थानीयको हातबाट निर्मित छालाको जुत्ता बितरण गरिएकाे हाे ।

‘बालबालीकाको मुहारमा छायको खुसियाली देख्दा रमाइलो लाग्यो । हामीले गर्ने फजुल खर्चलाइ बचाएर यस्तो कार्यमा सहयोग गर्ने बानी बसाल्न सके राम्रो हुने थियो,’उनले भने । कार्यक्रममा समाजसेवि रिद्दी नाथ सिग्देल, राम कृष्ण श्रेष्ठ लगायत विद्यालय परिवारकाे उपस्थिति रहेकाे थियाे ।

Scroll to Top