चन्द्रागिरी हिल्सको नाफा ६३ प्रतिशतले बढ्यो

काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको नाफा ६३.०७ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको नाफा १ करोड ३१ लाख ७ हजार रुपैयाँ रहेको छ । चालु आवको सोही अवधमिा २ करोड १३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा कम्पनीको कम्पनीको सञ्चालन आम्दानी बढ््दा नाफा बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी १८ करोड ६४ लाख २२ हजार रुपैयाँ रहेको थियो । अहिले बढेर २० करोड ६१ लाख ५९ हजार रुपैयाँ रहेको छ । सञ्चालन नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा १०.१९ प्रतिशतले बढी हो ।

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २१ करोड ३० लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर १ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा रहेको छ ।

Scroll to Top