चार हजार घुससहित अमिन अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार घुससहित अमिनलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले बुधबार नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई चार हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । उक्त रकमसहित कार्यकक्षबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ।

Scroll to Top