चितवनका एक हजार सात सय जनामा डेंगु संक्रमण

चितवनमा एक हजार सात सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण देखिएको हो ।  

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगुको संक्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेंगु सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमितमध्ये एक हजार दुई सय ६८ जना चितवनका रहेका छन्। ६ सय ६५ पुरुष र ६ सय तीन महिलामा डेंगु संक्रमण देखिएको केसीले जानकारी दिए ।

Scroll to Top